test

थारु समाजमा विगत केहि दशक र खास गरी हालका वर्षहरुमा नयाँ युवा पिढीमा देखा परेका  विकृति, कुरीती, कुलत्, कुसंस्कार्,  एवं सांस्कृतिक  विचलन सम्पुर्ण समाजको अधोगमनका मुल कारणहरु र यसका कारक तत्व हरु को पहिचान्, अध्ययन, विश्लेषण्, एवं समाधान का उपाय हरु, अग्रगमनका लागी सुधारका  कार्यक्रम हरु पता  लगाउन एकदमै जरुरी र महत्वपूर्ण छ किनभने समस्याका मुल कारण थाहा न भइ सही समाधान निकाल्न सकिदैन ।

थारु समाजमा समस्याहरु छन फलाकेर्, विकृति, कुरीती, कुलत्, कुसंस्कार्,  एवं सांस्कृतिक  विचलन बड्दै गई रहेका छन , थारु समाजलाई  दिनानुदिन  बर्बाद गर्दै छन , अधोगती तिर धकेल्दै छन भन्नेर मात्र केहि हुँदैन र हुनेवाला  छैन । अर्को कुरा सबै खत्म हुँदै छन्, अब सुधारिने हुनेवाला  छैन  जस्ता घोर निराशावदी सोचाइ  र सधैं  भरी नकारत्मक धारणा पालेर  मात्र केहि हुँदैन र हुनेवाला  छैन  भन्ने गलत धारणा  र विस्वास हटाउनै पर्छ ।  समस्याका मुल कारण थाहा पता लगाइ  सही समाधान निकाल्नै पर्छ ।